nmb bank

गृहपृष्ठ अस्ट्रेलियाले विद्यार्थी भिसामा गर्यो थप कडाइ

अस्ट्रेलियाले विद्यार्थी भिसामा गर्यो थप कडाइ

अस्ट्रेलियाले विद्यार्थी भिसामा गर्यो थप कडाइ

आफ्नो आप्रवासन नीतिमा पछिल्लोपटक कडाइ गर्दै गइरहेको अस्ट्रेलिया सरकारले विद्यार्थी भिसामा थप कडाइ गरेको छ । अस्ट्रेलियामा अब पर्यटक भिसामा रहेका तथा ग्राजुएट भिसा (टीआर)मा रहेकाले विद्यार्थी भिसाका लागि आवेदन दिन पाउने छैनन् ।

बुधबार विज्ञप्ति जारी गर्दै अस्ट्रेलियाका गृहमन्त्री क्लेयर ओनिलले पर्यटक भिसा र टेम्पोररी भिसामा रहेकाहरू पुनः विद्यार्थी भिसाका लागि योग्य नहुने घोषणा गरेका हुन् ।

पछिल्लोपटक पर्यटक भिसामा आएर विद्यार्थी भिसामा जानेहरूको संख्या बढिरहेको थियो । लामो समय विद्यार्थी भिसामा रहिरहने प्रवृत्ति पनि बढिरहेको थियो । यो नियम जुलाई १ बाट लागू हुने नयाँ आप्रवासन नीतिमा समेत समेटिएको छ ।

कानुनी छिद्रहरूलाई प्रयोग गर्दै लामो समय भिसा लम्ब्याएर अस्ट्रेलिया बसिरहनेहरू अब यो नियमसँगै प्रभावित हुने छन् । गृहमन्त्री क्लेयरद्वारा जारी विज्ञप्तिमा पछिल्लो १० महिनामा ३६ हजार जना पर्यटक भिसाबाट र टीआरबाट ३२ प्रतिशत विद्यार्थी भिसामा गएको उल्लेख छ ।

तर उनीहरूले आफ्नो देश फर्कन पुनः विद्यार्थी भिसामा भने आवेदन दिन सक्नेछन् । नयाँ नियमले नेपाली विद्यार्थीहरू पनि प्रभावित हुने छन् । अस्ट्रेलियामा नेपाली विद्यार्थीको संख्या ठूलो छ ।

 

प्रकाशित समय : ०९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु