nmb bank

गृहपृष्ठ पाकिस्तानको तक्षशीलामा लुटपाटका घटना बढ्दै

पाकिस्तानको तक्षशीलामा लुटपाटका घटना बढ्दै

पाकिस्तानको तक्षशीलामा लुटपाटका घटना बढ्दै

पाकिस्तानको तक्षशीलामा लुटपाटका घटना बढ्न थालेको भन्दै स्थानीयहरुले चक्काजाम गरेका छन् ।

तक्षशीलामा लुटपाट र हिंसाका घटना बढ्दै गएपनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको भन्दै स्थानीयहरुले तक्षशीला–खानपुर सडकखण्डमा चक्काजाम गरेका हुन् ।

पछिल्लो समय तक्षशीला र वाह क्षेत्रमा मोटरसाइकलमा सवार गुण्डाहरुले लुटपाट र हिंसा मच्चाउँदै आएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

हालैमात्र मोटरसाइकलमा सवार दुई लुटेराले तक्षशीला–खानपुर सडकखण्डमा रहेको एउटा बेकरीमा लुटपाट मच्चाएर फरार भएका थिए ।

नकाब लगाएका ती लुटेराले पीडितको मोबाइल, पैसा र गरगहना लुटेर भागेका थिए । प्रहरीलाई खबर गर्दा घण्टौँसम्म पनि प्रहरी घटनास्थल नआएको पीडितको भनाइ छ ।

लुटपाटको विरोधमा स्थानीयहरुले सडकमा सवारी तेर्स्याएर चक्काजाम गरेका हुन् । चक्काजामका कारण यात्रुले सास्ती खेप्नुपरेको डनले जनाएको छ ।

 

प्रकाशित समय : ०८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु