nmb bank

गृहपृष्ठ आयातित वस्तुको भ्याट बिल काट्दा एचएस कोड अनिवार्य उल्लेख गर्नुपर्ने

आयातित वस्तुको भ्याट बिल काट्दा एचएस कोड अनिवार्य उल्लेख गर्नुपर्ने

आयातित वस्तुको भ्याट बिल काट्दा एचएस कोड अनिवार्य उल्लेख गर्नुपर्ने

अब हरेक व्यवसायीले आयातित वस्तु बिक्री गर्न भ्याट बिल काट्दा हार्मोनाइज्ड कोड (एचएस कोड) अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने भएको छ ।

सरकारले मूल्य अभिवृद्धि कर नियमावली २०५३ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । नियमावलीको नियम १७ को उपनियम (१) र अनुसूची ५, ५ख र ६ मा समावेश कर बिजकको ढाँचामा नयाँ संशोधनले परिमार्जन गरेको छ ।

नियमावलीको नियम १७ (१)मा संशोधन गर्दै ‘आयातित सामान भए भन्सार प्रज्ञापनपत्रमा उल्लेख भए बमोजिमको वस्तुको कम्तीमा सुरुको चार अंकको हार्मोनाइज्ड कोड’ पनि कर बिजकमा खुलाउनुपर्ने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाअनुरूप परिमार्जित अनुसूचीहरूमा बिक्री गरिने वस्तुहरूको विवरणभन्दा अगाडि नै एचएस कोड उल्लेख गर्नुपर्ने गरी कोलम थपिएको छ । यस्तो अवस्थामा अब कुनै पनि विक्रेताले आयातित वस्तुको बिक्री गरी बिल काट्दा अनिवार्य रूपमा एचएस कोड उल्लेख गर्नुपर्ने हुन्छ ।

नेपालले पनि आयातित वस्तुको बिक्री गर्दा काटिने भ्याट बिलमा एचएस कोड उल्लेख गर्नुपर्ने नियम बनाएको हो ।

प्रकाशित समय : ०७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु