nmb bank

गृहपृष्ठ पदपूर्तिको विज्ञापन नभएसम्म अनशन जारी राख्ने सीटीईभीटीका कर्मचारीको अडान

पदपूर्तिको विज्ञापन नभएसम्म अनशन जारी राख्ने सीटीईभीटीका कर्मचारीको अडान

पदपूर्तिको विज्ञापन नभएसम्म अनशन जारी राख्ने सीटीईभीटीका कर्मचारीको अडान

पदपूर्तिको माग गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारीहरूले विज्ञापन नभएसम्म रिले अनशन जारी राख्ने बताएका छन् ।

२० जेठदेखि उनीहरूले पदपूर्तिको माग राख्दै कार्यालयमा रिले अनशन सुरु गरेका थिए ।परिषद्ले पटक–पटक सम्झौता गरे पनि लागू नगरेपछि अनशनसहितको आन्दोलनमा होमिएको नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तेजबहादुर खत्रीले बताए ।

उनीहरूले पाँच वर्षदेखि पदपूर्ति नभएको र २०७६ सालमा परिषद्ले गरेको ओ एन्ड एम सर्भे प्रतिवेदनअनुसार तत्काल पदपूर्ति हुनुपर्ने माग राखेर २६ पुस २०८० देखि आन्दोलन गरिरहेका छन् ।

परिषद्‌मा स्थायी दरबन्दी संख्या ९३२ छ । त्यसमध्ये ५४० पदमा कर्मचारी कार्यरत छन् ।

३९२ रिक्त दरबन्दीमध्ये ९७ पद श्रेणीविहीन कर्मचारीको पद भएकाले बाँकी २९५ पदको लागि विज्ञापन भएपछि मात्रै रिले अनशन तोड्ने आन्दोलनरत कर्मचारीहरूको अडान छ ।

प्रकाशित समय : २०:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु