nmb bank

गृहपृष्ठ तामाकोशी र मेलुङका उद्यमीलाई सहुलियतपूर्ण कर्जा लगानी

तामाकोशी र मेलुङका उद्यमीलाई सहुलियतपूर्ण कर्जा लगानी

तामाकोशी र मेलुङका उद्यमीलाई सहुलियतपूर्ण कर्जा लगानी

तामाकोसी गाउँपालिका र मेलुङ गाउँपालिकामा रहेका उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा लगानी कार्यक्रम अन्तर्गत चेक हस्तान्तरण गरिएको छ ।

हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाको प्रमुख आतिथ्यमा आयोजित चेक वितरण समारोहमा हेफर इन्टरनेशनलका राष्ट्रिय निर्देशक डा. तीर्थ राज रेग्मी, मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङ (थोकर) तथा तामाकोशी गाउँपालिका अध्यक्ष प्रोण प्रताप के.सी.को उपस्थितिमा सम्पन्न भएको हो ।

हिमालयन बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बिच मिति २०७९ कार्तिक ४ गतेका दिन दोस्रो पटक भएको सम्झौता अनुसार युवा तथा महिला उद्यमी र साना किसानहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्य अनुरूप हाल सम्म १३० जनालाई जम्मा ६ करोड ६ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा लगानी भैसकेको तथा १८ जनाको फाइल लगानीको लागि तयार भएको छ ।

त्यसै अनुरूप हिमालयन बैंक चरिकोट शाखा र मेलुङ गाउँपालिका तथा तामाकोशी गाउँपालिकाका बीच मिति ८० भदौ ७ गतेका दिन भएको सम्झौता अनुसार दुवै गाउँपालिका जम्मा १० जना किसानहरूलाई ९७ लाख रुपैयाँ कर्जा स्वीकृत भई लगानी गरिसकेको छ भने १५ जनाको फाइल करिब १ करोड ३० लाख रुपैयाँ बराबरको कर्जा लगानीको लागि प्रक्रियामा छ ।

प्रकाशित समय : १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु