nmb bank

गृहपृष्ठ नागरिक बचतपत्रमा कम आवेदन परेपछि म्याद थप

नागरिक बचतपत्रमा कम आवेदन परेपछि म्याद थप

नागरिक बचतपत्रमा कम आवेदन परेपछि म्याद थप

सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने उपकरण ‘नागरिक बचतपत्र’ मा माग अनुसार आवेदन नपरेपछि म्याद थप भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३० वैशाखदेखि ५ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्कासनमा ल्याएको थियो ।

उक्त ऋणपत्रमा ३० जेठसम्म आवेदन दिने म्याद भए पनि माग अनुसार आवेदन नपरेपछि आवेदन दिने म्याद १४ असारसम्म थप भएको हो ।

५ वर्ष अवधिको उक्त बचतपत्रको ब्याजदर ८ प्रतिशत रहेको छ भने अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुनेछ ।

प्रकाशित समय : १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु