nmb bank

गृहपृष्ठ डिजिटल कारोबार बढ्दै, २ वर्षमै थपिए ८९ लाख वालेट प्रयोगकर्ता

डिजिटल कारोबार बढ्दै, २ वर्षमै थपिए ८९ लाख वालेट प्रयोगकर्ता

डिजिटल कारोबार बढ्दै, २ वर्षमै थपिए ८९ लाख वालेट प्रयोगकर्ता

पछिल्लो दुई वर्षमा डिजिटल कारोबार बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंककाअनुसार झन्डै २ वर्षको अवधिमा मात्रै ८९ लाख ३९ हजार १२९ जनामा थप वालेटको पहुँच पुगेको हो । वि.सं २०७९ असार मसान्तसम्म वालेटका प्रयोगकर्ताहरूको संख्या १ करोड ३६ लाख ७५ हजार ९९३ जना थियो । वालेटका प्रयोगकर्ता २०८१ बैशाखमसान्तसम्म आइपुग्दा २ करोड २६ लाख १५ हजार १२२ जना पुगेका हुन् ।

वालेटबाट समीक्षा अवधिमा १७ अर्ब १७ करोड बराबरको कारोबार भएकोमा झन्डै २ वर्षपछि कारोबार रकम बढेर २८ अर्ब ४३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, मोबाइल बैंकिङका प्रयोगकर्ता पनि बढेका छन् । २०७९ असारमा १ करोड ८३ लाख ७ हजार मोबाइल बैंकिङका प्रयोगकर्ता रहेकोमा २०८१ बैशाखसम्म आइपुग्दा २ करोड ३७ लाख ९७ हजार पुगेको देखिन्छ । २०७९ असारसम्म १६ लाख ८४ हजार इन्टरनेट बैंकिङ प्रयोगकर्ता रहेकोमा २०८१ बैशाखसम्ममा १९ लाख ३८ हजार ८८८ जना पुगेका हुन् ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ता यो झन्डै दुई वर्षमा साढे २ लाखभन्दा बढी देखिएका हुन । २०७९ असारमा मोबाइल बैंकिङमार्फत् १ खर्ब ६३ अर्ब २५ करोडको कारोबार भएकोमा २०८१ बैशाखमा आइपुग्दा ३ खर्ब २० अर्ब १९ करोड बराबर कारोबार पुगेको हो ।

सो अवधिमा कनेक्ट आइपीएस प्रयोगकर्ताहरु पनि बढेका छन् । समीक्षा अवधिमा ८ लाख ९६ हजार प्रयोगकर्ता रहेकोमा २०८१ बैशाखसम्म १२ लाख ५१ हजार पुगेका हुन् । यो दुई वर्षमा कनेक्ट आइपीएसमा साढे २ लाख प्रयोगकर्ता बढेका हुन् । २०७९ असारमा ३ खर्ब ६९ अर्ब २२ करोडको कारोबार भएकोमा २०८१ बैशाखसम्म आइपुग्दा कारोबार बढेर ५ खर्ब २२ अर्ब ७० करोड पुगेको हो ।

प्रकाशित समय : १८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु