nmb bank

गृहपृष्ठ १० लाखभन्दा कम बजेटका सहरी विकास मन्त्रालयका साना योजना ४ सय

१० लाखभन्दा कम बजेटका सहरी विकास मन्त्रालयका साना योजना ४ सय

१० लाखभन्दा कम बजेटका सहरी विकास मन्त्रालयका साना योजना ४ सय

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सहरी विकास मन्त्रालयले १० लाखभन्दा कम बजेटका करिब ४ सय योजना छनोट गरेको छ ।

मन्त्रालयको बजेट पुस्तिका (रातो किताब) मा ३ सय ८७ योजना १० लाखभन्दा कम रकमको देखिएको हो । जनता आवास कार्यक्रम बाहेक धेरै टुक्रे योजनाहरू समावेश छन् ।

मन्त्रालयले राखेको १ लाखदेखि ९ लाखसम्मको अधिकांश बजेट टुक्रे योजनाहरूमा मात्रै रहेको छ । यस्तै धेरै बजेट कानुनी लगायतका परामर्शहरूका लागि छुट्याएको देखिन्छ ।

मन्त्रालय मातहतको कार्यालयको वार्षिक प्रगति प्रतिवेदन, वार्षिक समीक्षा कार्यक्रमका लागि पनि यस्ता बजेट विनियोजन भएको देखिएको छ । यस्तै आयोजना हस्तान्तरणको मोडालिटी तयार पार्ने भन्दै बजेट विनियोजन भएको छ । सानो रकममा धेरै बजेट छरेर सडकको डीपीआर, मर्मत, अध्ययनका लागि छुट्याएको छ ।

यस्तै साना बजेटबाट बन्ने झोलुङ्‍गे पुलहरूका लागि संघ सरकारले नै स्थानीय तहलाई नदिएर आफैंले खर्च गर्ने रातो किताबमा उल्लेख छ ।

प्रकाशित समय : १७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु