nmb bank

गृहपृष्ठ नेपालमा के छ हवाई सेवाको अवस्था ?

नेपालमा के छ हवाई सेवाको अवस्था ?

नेपालमा के छ हवाई सेवाको अवस्था ?

सरकारले देशभर बनाएका ५६ विमानस्थलमध्ये १३ वटा अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरका छन् । बाँकी ४३ वटा पहाडी जिल्लामा निर्माण गरिएका छन् । बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसहित अर्घाखाँची, अछाम र कालीकोट विमानस्थल वर्षौंदेखि निर्माणाधीन अवस्थामै छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हालसम्म देशका ७७ जिल्लामध्ये ४६ जिल्लामा हवाई सेवा पुगेको छ । ती जिल्लाहरूमा सानाठूला विमानस्थलहरू बनेका छन् । तर, बनेका विमानस्थलहरू सञ्चालनका लागि उदासीन देखिएको पाइन्छ । कतिपय दुर्गम जिल्लाहरू हवाई सेवा दुःखको सारथी बन्न पुगेका छन् । उपचारका लागि काठमाडौंं लगायत सहरमा पुग्नै पर्ने बाध्यतालाई पहाडी जिल्लामा सञ्चालन भएका ट्वीनेटर जहाजले सेवा दिएका छन् ।

नेपाल वायुसेवा निगमले पहाडी जिल्लाहरूमा सेवा दिइरहेको छ। वायुसेवासँग २ वटा मात्र ट्वीनेटर जहाज छ । तर भइपरि आउँदा पैसा तिरेरै जहाज चढ्छुभन्दा पनि यात्रु हवाई सेवाबाट बञ्चित रहेको बताइएको छ । अहिले निगमको दुईवटै जहाज बिग्रिएर थन्किएका छन् । प्राधिकरणका अनुसार धनकुटा, पाँचथर, सुनसरी, तेह्रथुम, उदयपुर, रौतहट, पर्सा, सर्लाही, सिराह, धादिङ, काभ्रे, मकवानपुर, नुवाकोट, सिन्धुली, सिन्धुपाल्चोकमा हवाई सेवा पुगेको छैन । लमजुङ, म्याग्दी, नवलपुर, पर्वत, स्याङजा, तनहुँ, बर्दिया, पूर्वीरुकुम, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), प्यूठान, सल्यान, जाजरकोट, दैलेख, डडेलधुरा र महोत्तरी जिल्लामा विमानस्थल छैनन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता एवं उपमहानिर्देशक हंसराज पाण्डेले सरकारको एकीकृत यातायात नीति नहुँदा हवाई सेवा प्रभावकारी बन्न नसकेको बताए । ‘हवाई सेवालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत राखिएको छ’, पाण्डेले भने, ‘हवाई सेवालाई अब यातायातसँग जोडेर हेर्नुपर्छ। किनभने पर्यटकहरू मात्र जहाजमा चढ्छन् भन्ने हुँदैन।’
उनले यातायातको सबैभन्दा भरपर्दो र छिटोछरितो माध्यमका रूपमा रहेको हवाई मार्गलाई प्रभावकारी बनाउन सरकारको ठोस नीतिगत पहल गर्नुपर्ने बताए । ‘देशका प्रायःजसो पहाडी जिल्लाहरूमा हुने उडान नेपाल वायुसेवा निगमले गरिरहेको छ,उनले भने, वायुसेवाले व्यावसायिकभन्दा पनि सामाजिक उत्तरदायित्व सम्झेर सेवा दिइरहेको छ । त्यसैले राज्यले नै यस क्षेत्रलाई प्रोत्साहन गर्ने खालका नीति तथा कार्यक्रमहरू ल्याउनुपर्छ।’

धेरैजसो जिल्लाहरूमा बनेका विमानस्थलहरू सडक यातायातको सहज पहुँचले गर्दा ओझेलमा परेको उनले बताए । उनका अनुसार दशकांैदेखि निर्माणकै क्रममा रहेका विमानस्थलहरू अझै पूरा हुन सकेको छैन् ।

यी हुन् हाल सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विमानस्थल
१. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं
२. गौतमबुद्ध अन्र्ताष्ट्रिय विमानस्थल, भैरहवा
३. पोखरा अन्र्ताष्ट्रिय विमानस्थल, पोखरा
४. विराटनगर विमास्थल, मोरङ
५. नेपालगञ्ज विमानस्थल, बाँके
६. चन्द्रगढी विमानस्थल, झापा
७. राजविराज विमानस्थल, सप्तरी
८. जनकपुर विमानस्थल, धनुषा
९. सिमरा विमानस्थल, बारा
१०. भरतपुर विमानस्थल, चीतवन
११. धनगढी विमानस्थल, कैलाली
१२. सुर्खेत विमानस्थल, सुर्खेत

यी हुन् पहाडी जिल्लामा रहेका आन्तरिक विमानस्थल
१. दाङ विमानस्थल, दाङ
२. ताप्लेजुङ विमानस्थल, ताप्लेजुङ
३. तुम्लिङटार विमानस्थल, संखुवासभा
४. भोजपुर विमानस्थल, भोजपुर
५. थामखर्क विमानस्थल, खोटाङ
६. मनमाया राई खानीडाँडा विमानस्थल, खोटाङ
७. फाल्गुनन्द विमानस्थल, इलाम
८. फाप्लु विमानस्थल, सोलुखुम्बु
९. तेन्जिङ हिलारी विमानस्थल, सोलुखुम्बु
१०. रामेछाप विमानस्थल, रामेछाप
११. जोमसोम विमानस्थल, मुस्ताङ
१२. जुम्ला विमानस्थल, जुम्ला
१३. रारा विमानस्थल, मुगु
१४. रुकुम सल्ले विमानस्थल, पश्चिम रुकुम
१५. सिमिकोट विमानस्थल, हुम्ला
१६. साँफेबगर विमानस्थल, अछाम
१७. डोल्पा विमानस्थल, डोल्पा
१८. बझाङ विमानस्थल, बझाङ
१९. बैतडी विमानस्थल, बैतडी
२०. बाजुरा विमास्थल, बाजुरा
२१. डोटी विमानस्थल, डोटी
२२. रेसुंगा विमानस्थल, गुल्मी

यी हुन् निर्माण भएर पनि सञ्चालनमा आउन नसकेका विमानस्थलहरू
१. बागलुङ विमानस्थल, बाग्लुङ
२. रुकुम चौरजहारी विमानस्थल, पश्चिमरुकुम
३. दार्चुला विमानस्थल, दार्चुला
४. ढोरपाटन विमानस्थल, बाग्लुङ
५. लामीडाँडा विमानस्थल, खोटाङ
६. गोरखा विमानस्थल, गोरखा
७. रुम्जाटार विमानस्थल, ओखलढुंगा
८. जिरी विमानस्थल, दोलखा
९.कांगेलडेन्डा विमानस्थल, सोलुखुम्बु
१०. खिजी चण्डेश्वरी विमानस्थल, ओखलढुंगा
११. लाङटाङ विमानस्थल, रसुवा
१२. महेन्द्रनगर विमानस्थल, कञ्चनपुर
१३. मनाङ विमानस्थल, मानाङ
१४. डोल्पा मसिनेचुबार विमानस्थल
१५. मेघौली विमानस्थल, चितवन
१६. रोल्पा विमानस्थल, रोल्पा
१७. स्याङबोचे विमानस्थल, सोलुखुम्बु
१८. टीकापुर विमानस्थल, कैलाली

यी हुन् निर्माणाधीन विमानस्थल
१. निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, बारा
२. अर्घाखाँची विमानस्थल, अर्घाखाँची
३. कमल बजार विमानस्थल, अछाम
४. कालीकोट विमानस्थल, कालीकोट

प्रकाशित समय : १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु