global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्नेमा सांसदको जोड

मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्नेमा सांसदको जोड

मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्नेमा सांसदको जोड

राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सांसदहरुले कृषिप्रधान मुलुकले खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने र यसकार्यमा राज्यले विशेष ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको विशेष समयमा नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटाले कृषिप्रधान मुलुक भनिए पनि खाद्यान्नमा परनिर्भर हुनु परेको उल्लेख गर्दै आत्मनिर्भर बन्ने गरी सरकारले विशेष कार्यक्रम अगाडि सार्नुपर्ने बताइन । “कृषिप्रधान देश हो तर हामी आफँैले खान पुग्नेगरी खाद्यान्न तरकारी फलफूल पनि उत्पादन गर्न सकिरहेका छैनौँ, परनिर्भर हुनुपरेको छ”, सांसद सापकोटाले भनिन “प्राकृतिक स्रोतहरु परिचालन गर्न जानेका छैनौँ, प्लाष्टिकजन्य सामग्रीलाई बढी कर लगाउनुपर्छ, नेपालकै दुनाटपरी प्रयोग गर्नुपर्छ, जसलेगर्दा मुलुक आत्मनिर्भर हुन्छ । यस विषयमा सरकारको ध्यान जाओस् ।” जलवायु परिवर्तनका कारण हिमाल कालापहाडमा परिणत भएका, धेरै नागरिक पहाडबाट तराई झरेका र तराईमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएका तर्फ पनि सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुमित्रा विसीले मुलुकलाई आत्मनिर्भर बनाउने किसिमका उद्योगधन्दा र कृषिजन्य उत्पादन बढाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराइन । “मुलुकलाई आत्मनिर्भर बनाउन कृषिमा लगानी गर्नुपर्छ, कृषिमा आधारित उद्योगभन्दा खोल्नुपर्छ”, उनले भनिन “समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्नका लागि मुलुकलाई विकासको बाटोमा डोेर्याउन जरुरी छ ।” उनले भूकम्प प्रभावितलाई अझै घर निर्माण नभएका र पहिलो किस्ता पनि ६० प्रतिशतले नपाएको गुनासो आइरहेको उल्लेख गर्दै टिनको टहरामा बस्नुपर्दा गर्मी, सर्पको डर र विभिन्न खालको हिंसा हुने खतरातर्फ पनि सरकार सचेत हुनुपर्ने बताइन ।

नेपाली कांग्रेसका नारायणदत्त मिश्रले बजेटमा प्रभावशाली नेताका जिल्लामा धेरै बजेट र अरु नेताहरुको जिल्लामा बजेट नै नभएको गुनासो गर्दै आवश्यकताका आधारमा बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले सरकारी विद्यालयमा तालिममा धेरै खर्च गरिए पनि शिक्षण सिकाइमा धेरै सुधार हुन नसकेकोकाले यस विषयमा गम्भीर समीक्षा हुनुपर्ने धारणा राखे । साथै, उनले सङ्घीय संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराए ।

यस्तै, सांसद विष्णुदेवी पुडासैनीले महँगी बढ्दै गएको तर निरीक्षण तथा अनुगमनको कुनै पनि व्यवस्था नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले विकास निर्माण, सडक, पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

 

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु