global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ १५ वर्षदेखि चित्रकलामा रमाइरहेका छन् पवन

१५ वर्षदेखि चित्रकलामा रमाइरहेका छन् पवन

१५ वर्षदेखि चित्रकलामा रमाइरहेका छन् पवन

तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यरत पवन नेपाली चित्रकलामा पोख्त छन् । फुर्सदको समयलाई सदुपयोग गर्दै उनि चित्र बनाउछन् । गाउँपालिकाले यहाँका विद्यालयमा सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत चित्र बनाउने सीप सिकाउने प्रशिक्षकसमेत हुन नेपाली ।

विगतमा फुर्सदको समयलाई सदुपयोग गर्दै चित्रकला बनाउँदै आएकामा पछिल्लो समय पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत आँबुखैरेनी–१ स्थित मित्रता माध्यमिक विद्यालयका २० जना विद्यार्थीलाई चित्रकलाको सीप सिकाउन थालेको उनले बताए । “चित्र बनाउने पहिल्यैदेखिको सोख हो, अहिले सिकेको सीप गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई सिकाउन पाउँदा निकै सुसी छु । यसले आम्दानी गर्न पनि सहज भएको छ”, नेपालीले भने ।

नेपालीले ढुङ्गा, पीपलको बोट, नाङ्लोमा चित्र कोरिसक्नुभएको छ । एसएलसी दिएपछि नै चित्रकला सुरु गरेका उनले विगत १५ वर्षदेखि यसलाई निरन्तरता दिएको सुनाए । “पहिलेदेखि नै अलिअलि चित्रकोर्ने काम गर्थे तर अलि बढी सक्रिय हुन थालेको १५ वर्ष भयो । सुरुमा त खासै केही लाग्थेन, अहिले भने चित्र बनाउन पाइन भने नराम्रो लाग्छ, यसबाट आनन्दित छु, आम्दानीको स्रोत पनि भइरहेको छ चित्रकला”, उनि भनछन् ।

पर्यटकीय तथा धार्मिक क्षेत्र अकलालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित रुखमा गणेश आकृति कोेरेको उनि बताउछन् । उनले भने, “धार्मिक पर्यटकीयस्थल अकला मन्दिर परिसरमा रहेका रुखलाई कसरी आकर्षक बनाउन सकिन्छ भनेर सोच्दा गणेशको आकृति बनाउने सोच आयो । यत्तिकै रहेको रुखलाई सिँगार्ने काम गरेको हुँ । अहिले धेरैले मन पराएको देख्दा खुसी लागेको छ ।”

प्रकाशित समय : १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु