nmb bank

गृहपृष्ठ गायक भूपेश तिम्सिनाका ‘धेरै कोशिस’ गीत सार्वजनिक

गायक भूपेश तिम्सिनाका ‘धेरै कोशिस’ गीत सार्वजनिक

गायक भूपेश तिम्सिनाका ‘धेरै कोशिस’ गीत सार्वजनिक

गायक भूपेश तिम्सिनाको पछिल्लो गीत ‘धेरै कोशिस’ सार्वजनिक भएको छ । भूपेशकै शब्द, संगीत, र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निशान घिमिरेको निर्देशन रहेको गीतको भिडियोमा स्मरिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ । उत्तम हुमागाईंको छायांकन रहेको भिडियोमा सञ्जय अधिकारीको सम्पादन छ । गीतको भिडियोमा आफूले माया गर्ने मान्छेप्रतिको समर्पण भाव व्यक्त गरिएको छ ।

लामो समयदेखि अमेरिका बसोवास गर्दै आएका तिम्सिनाले धेरै नेपाली गीत गाएका छन् भने केही हिन्दी गीतमा समेत स्वर दिएका छन् ।

प्रकाशित समय : १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु