nmb bank

गृहपृष्ठ ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न- गिरीबन्धुको फाइल कहिले खुल्छ ?

ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न- गिरीबन्धुको फाइल कहिले खुल्छ ?

ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न- गिरीबन्धुको फाइल कहिले खुल्छ ?

राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाहीले गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल कहिले खुल्छ भनेर सरकारलाई प्रश्न गरेका छन् ।

संसदमा विशेष समय लिएर बोल्दै सांसद शाहीले गृहमन्त्री रवि लामिछानेलाई गिरी बन्धु प्रकरणको फाइल कहिले खुल्छ भन्दै प्रश्न गरेका हुन् ।

सांसद शाहीले गिरी बन्धु, वाइडबडी, फोर जी, मेलम्ची, टेरामेक्स फाइल कहिले खुल्छ भन्दै प्रश्न गरेका छन् ।

उनले जीबी राई ठुलो की सरकार ठुलो भन्दै अहिले जीबी राई ठुलो देखिएको बताउदै उनले सरकारले जीबी राईलाई पक्राउ गर्न नसकेको आरोप लगाए । उनले जीबी राईलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

उनले भने- आकासमा भए पनि पातालमा भए पनि जीबी राईलाई खोजेर ल्याउछु भनेर गृहमन्त्रीले भन्नु भएको थियो, कहिले ल्याउनुहुन्छ, हामीले हेरेर बसेका छौं ।

सांसद शाहीले सुदूरपश्चिमकी चेली निर्मलाका हत्याराको कहिले पत्ता लाग्छ भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।

 

प्रकाशित समय : ११:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु