nmb bank

गृहपृष्ठ नेसनल लाइफ इन्स्योरेन्सका ३५ अभिकर्तालाई सम्मान

नेसनल लाइफ इन्स्योरेन्सका ३५ अभिकर्तालाई सम्मान

नेसनल लाइफ इन्स्योरेन्सका ३५ अभिकर्तालाई सम्मान

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशका ३५ जना अभिकर्तालाई सम्मान गरेको छ ।

कम्पनीका अनुसार नेसनल अवार्ड अन्तर्गत नेसनल रत्न छनोट भएका बागमती प्रदेशका ३५ जना अभिकर्तालाई सम्मान गरिएको हो ।

काठमाडौंको बूढानीलकण्ठस्थित होटल लेमन ट्रि प्रिमियरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले नेसनल रत्न विजेता अभिकर्तालाई नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज  कँडेलले उत्प्रेरणमूलक प्रशिक्षण समेत दिएका थिए ।

मधेश प्रदेशका अभिकर्तालाई सम्मान गरिसेकेको र अन्य प्रदेशका अभिकर्तालाई पनि छिट्टै सम्मान गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु