nmb bank

गृहपृष्ठ ‘निर्धारित समयमै १०औँ राष्ट्रिय खेलकुद हुने’

‘निर्धारित समयमै १०औँ राष्ट्रिय खेलकुद हुने’

‘निर्धारित समयमै १०औँ राष्ट्रिय खेलकुद हुने’

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । आगामी मङ्सिरमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेल पूर्वाधार तथा निर्माणको गति बुझ्न सुर्खेत आएका मन्त्री श्रेष्ठले आज निर्माणस्थलको अनुगमन गरे ।

वीरेन्द्रनगरस्थित निर्माणाधीन प्रदेश रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेपछि मन्त्री श्रेष्ठले कर्णालीमा खेलकुदको भारी विकास हुने विश्वास व्यक्त गरे । मन्त्री श्रेष्ठले कर्णालीले पहिलोपटक यति ठूलो संरचना निर्माण गर्दा कर्णालीको खेलकुद विकास मात्र नभइ, अन्य क्षेत्रले पनि सिको गर्न सक्ने बताए । “कर्णालीले जमर्को गरेर १०औँ राष्ट्रिय खेलकुदलाई महोत्सव मनाउन अपिल गर्दछु,” उनले भने, “यही अवस्थामा खेलकुद हुन्छ कि हुन्न भन्ने आशङ्का पनि छ । तर १० औँ राष्ट्रिय खेलकुद जसरी भएपनि हुन्छ ।’’

दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तिकै भूमिका रहने उनको भनाइ छ । संरचना निर्माणको सन्दर्भमा सङ्घले बजेट दिन नसकेको उनले स्वीकार गरे । उनका अनुसार केन्द्रले १० करोड छुट्याउन खोजेको थियो, तर बजेट अभावका कारण प्रतियोगितामा मात्रै केन्द्रित गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले प्रदेशको क्षमताअनुसार १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

 

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु