nmb bank

गृहपृष्ठ खेलकुदमन्त्री श्रेष्ठले गरे सुर्खेतमा निर्माणाधीन खेल पूर्वाधारको अवलोकन

खेलकुदमन्त्री श्रेष्ठले गरे सुर्खेतमा निर्माणाधीन खेल पूर्वाधारको अवलोकन

खेलकुदमन्त्री श्रेष्ठले गरे सुर्खेतमा निर्माणाधीन खेल पूर्वाधारको अवलोकन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदका लागि सुर्खेतमा निर्माणाधीन खेल पूर्वाधारको अवलोकन गरेका छन् ।

उनीहरुले २०८१ साल मंसिर २ देखि ९ गतेसम्म हुने १० औं राष्ट्रिय खेलकुदको उद्घाटन स्थलमा निर्माणाधीन रंगशाला र अन्य पूर्वाधारको अवलोकन गर्नुका साथै १० औं राष्ट्रिय खेलकुदको तयारी बारे जानकारी लिएका थिए ।

सो अवसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले भौतिक पूर्वाधार र तयारीको प्रगति बारे प्रकाश पारेका थिए ।

 

प्रकाशित समय : १४:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु