nmb bank

गृहपृष्ठ बीमा कम्पनीहरुले ११ हजारबढी कर्मचारीहरुको लागि करीब साढे ८ अर्ब खर्चिए , कुनले कति ?

बीमा कम्पनीहरुले ११ हजारबढी कर्मचारीहरुको लागि करीब साढे ८ अर्ब खर्चिए , कुनले कति ?

बीमा कम्पनीहरुले ११ हजारबढी कर्मचारीहरुको लागि करीब साढे ८ अर्ब खर्चिए , कुनले कति ?

चालु आर्थिक वर्षको नौ महिनामा बीमा क्षेत्रका ११ हजार २८६ जना कर्मचारीहरुलाई कम्पनीहरुले ८ अर्ब २६ करोड बढी रुपैयाँ विभिन्न शिर्षकमा भुक्तानी गरेका हुन् ।

नेपालमा सञ्चालन रहेका बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुको तलब, भत्ता तथा विभिन्न सेवा, सुविधा मार्फत करिव साढे ८ अर्ब रुपैयाँ खर्चिएका छन् ।

नेपालमा हाल १४ वटा जीवन बीमा कम्पनीहरुमा पाँच हजार ७०५ जना कर्मचारीहरु कार्यरत रहेका छन् । जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई वितरण गर्ने सेवा, सुविधामा खर्च गर्नुपर्ने रकमको दायरा झण्डै १७ प्रतिशतले बढाएर चार अर्ब ४१ करोड २८ लाख रुपैयाँ भुक्तानी गरेका छन् । कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तीन अर्ब ७६ करोड ७२ लाख रुपैयाँ खर्चिएका थिए । अधिकांश कम्पनीहरुले कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि वैदेशिक भ्रमणदेखि लिएर विभिन्न तालिम तथा कर्मचारीहरुलाई आवश्यक परेको खण्डमा ऋण समेत उपलब्ध गराउदै आएका छन् ।

वित्तीय विवरण अनुसार हिमालयन लाइफले सबैभन्दा बढी रकम कर्मचारीको स्तरोन्नती तथा तलव, कमिसन, सेमिनार, तालिम लगायतको लागि खर्चिएको पाइएको छ । कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा ६४ करोड ४० लाख रुपैयाँ कर्मचारीहरुको लागि भुक्तानी गरेको हो । हिमालयन लाइफले बीमा क्षेत्रमा सबैभन्दा बढी कर्मचारीहरु मार्फत बीमितहरुलाई सरल र समय सापेक्ष सेवा दिदै आएको छ ।

त्यस्तै, नेपाल लाइफले ५७ करोड ५९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ४६ करोड ११ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३९ करोड ६६ लाख रुपैयाँ र नेशनल लाइफले ३६ करोड १२ लाख रुपैयाँ कर्मचारीहरुलाई तलव, बोनश लगायत अन्य सेवा सुविधामा खर्चिएका छन् ।

कर्मचारी सेवा सुविधाको सन्दर्भमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी सबैभन्दा पछाडी रहेको छ । सोही सन्दर्भमा बुझ्दा कम्पनीका सह–प्रवक्ता रेशम पौडेलले कम्पनीको चुक्ता पूँजी र नाफा नै कम भएका कारण कर्मचारीहरुलाई बढी सेवा सुविधा उपलब्ध गर्न नसकिएको बताए । साथै, उनले आउँदो दिनमा कम्पनीले व्यापार व्यवसाय र चुक्ता पूँजी वृद्धि गर्र्दै कर्मचारीहरुलाई उचित सेवा सुविधा र बोनश, तालिम लगायतका आवश्यक कुराहरु उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न, विभिन्न तालिम प्रदान गर्न, कर्मचारी तलव, बोनश तथा भ्रमण लगायतका सेवा सुविधा वितरण गर्न उक्त रकम बीमा कम्पनीहरुले कर्मचारीहरुका लागि खर्चिएका छन् । कम्पनीहरुको समग्र व्यवसाय वृद्धि तथा सरल र सक्षम सेवा उपलब्ध गराउन कर्मचारीहरु दिनरात खटिएका हुन्छन् । आम बीमितहरुलाई आवश्यक सेवा सुविधा दिन र विभिन्न घटना परिघटनामा राय सुझाव दिन कर्मचारीहरुको महत्वपूर्ण भुमिका रहेको हुन्छ ।

 

 

 

प्रकाशित समय : १८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु