nmb bank

गृहपृष्ठ नेपाल प्रहरीको सहकार्यमा नेपाल बैंक लिमिटेडद्धारा शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग प्रदान

नेपाल प्रहरीको सहकार्यमा नेपाल बैंक लिमिटेडद्धारा शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग प्रदान

नेपाल प्रहरीको सहकार्यमा नेपाल बैंक लिमिटेडद्धारा शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग प्रदान

नेपाल बैैक लिमिटेडले नेपाल प्रहरीका ९ वटा प्रहरी स्कुलहरूमा अध्ययनरत अमर-सहिद, अशक्तप्रहरी कर्मचारीका सन्ततिहरू र बहालवाला एवम्पूर्व प्र.का.स. देखि प्र.व.ह. दर्जा सम्मका सन्ततिहरूमध्ये उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई छात्र वृत्तिप्रदान गर्न अक्षयकोष स्थापना, बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ३० लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्र्रबार आयोजित एक कार्यक्रममा “नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति”कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल बैैक लिमिटेड र नेपालप्रहरी बीच समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । प्रहरी महानिरीक्षक श्री बसन्त बहादुर कुँवरज्यू, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री तिलक राज पाण्डेय, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायबमहानिरीक्षक तथा प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारीले ३० लाख रकमकोे चेक प्रहरी बरिष्ठ उपरिक्षक श्री रेवती ढकाललाई हस्तान्तरण गरेका थिए ।

नेपाल प्रहरीका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप शैक्षिक छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान भएकोमा प्रहरी महानिरीक्षक श्री बसन्त बहादुर कुँवरले बैंक प्रति आभार व्यक्तगरेका थिए ।

उक्तकार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री तिलकराज पाण्डेयले प्रहरी संगठनबाट सञ्चालित विद्यालयहरूमा अध्ययनरत प्रहरी कर्मचारीका सन्ततिहरूलाई छात्रवृत्ति प्रदान गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरेका थिए ।

प्रकाशित समय : १०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु