nmb bank

गृहपृष्ठ चिनियाँ ईभी काई ब्राण्ड जिओ अटोमोबाइल्सले ल्याउने

चिनियाँ ईभी काई ब्राण्ड जिओ अटोमोबाइल्सले ल्याउने

चिनियाँ ईभी काई ब्राण्ड जिओ अटोमोबाइल्सले ल्याउने

चिनियाँ ब्राण्ड काई भित्र्याउने भएको छ जिओ अटोमोबाइल्स प्रालिले, जिओ अटोमोबाइल्स गोल्छा अर्गनाइजेसनको कम्पनी हो । काई चिनियाँ गाडी उत्पादक कम्पनी चेरीको सब ब्राण्ड हो ।

जिओ अटोमोबाइल्सको प्रबन्ध निर्देशक आकाश गोल्छाले डेढ महिनाभित्र थापाथली सोरुमबाट बिक्री थाल्ने बताएको छ ।

यो गाडी लेन्थ ४४०० एमएम, चौडाई १८३१ एमएम, उचाई१६५३ एमएम र ह्‍विलबेस २६३२ एमएम रहेको छ । यो २०२२ को मोडल अनुसारको विवरण हो ।

लिथियम आयोन फोस्फेट ब्याट्री रहेको छ । ब्याट्रीको क्षमता ५३ किलोवाट रहेको छ । हर्स पावर १६४ एचपी रहेको छ । फुल चार्जमा ४०० किमीसम्म यात्रा गर्न सकिने छ ।

यो गाडीको इन्टेरियर अत्यन्त आरामदायी रहेको कम्पनीको दाबी छ । पछाडीका सिटमा बस्नेहरुका लागि पर्याप्त ठाउँ, युएसबी पोर्ट,११ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, ७ इन्च डिजिटल इन्स्ट्रुमेन्ट स्क्रिन, वायरलेस चार्जर, याम्बियन्ट लाइटिङलगायतका फिचरहरु रहेका छन् । ३६० क्यामेरा छ ।

प्रकाशित समय : ०८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु