nmb bank

गृहपृष्ठ डेनमार्ककी प्रधानमन्त्रीमाथि आक्रमण

डेनमार्ककी प्रधानमन्त्रीमाथि आक्रमण

डेनमार्ककी प्रधानमन्त्रीमाथि आक्रमण

डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि राजधानी कोपेनहेगनको सडकमा आक्रमण भएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार सहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका थिए । आक्रमणकारी पक्राउ परेका छन् ।

डेनमार्कको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस घटनाको विवरण दिएको छ।

विज्ञप्तिमा भनिएको छ, शुक्रबार, कोपेनहेगनको कल्चरभेटमा प्रधानमन्त्री मेटे फ्रेडरिकसनलाई एक व्यक्तिले आक्रमण गरेको थियो। आक्रमणकारी पक्राउ परेका छन् । यो घटनाबाट प्रधानमन्त्री स्तब्ध भएकी छन् ।

आक्रमणकारीमाथि सोधपुछ भइरहेको तर आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : ०८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु