nmb bank

गृहपृष्ठ इटहरीमा तीन दिने ‘इस्टर्न ट्राभल मार्ट’ हुने

इटहरीमा तीन दिने ‘इस्टर्न ट्राभल मार्ट’ हुने

इटहरीमा तीन दिने ‘इस्टर्न ट्राभल मार्ट’ हुने

सुनसरीको इटहरीमा तीन दिने ‘इस्टर्न ट्राभल मार्ट’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा इटहरीको सोल्टी वेस्टेण्डमा कोशी प्रदेशका पर्यटन व्यवसायीको विकास तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यले भोलिदेखि जेठ २७ गतेसम्म उक्त मार्ट आयोजना हुने भएको हो ।

इटहरीमा पत्रकार सम्मेलन गर्दै मार्टको उद्घाटन कार्यक्रममा भारतको विहार, पश्चिम बङ्गाल, सिक्किम प्रान्त, भुटान र बङ्गलादेशलगायत मुलुकबाट पर्यटक ल्याइने योजना अनुसार मार्टको आयोजना गरिएको मार्टका सचिव वासुदेव बरालले बताए ।

मार्टमा कोशी प्रदेशलगायत अन्तर्रााष्ट्रियस्तरबाट ८० भन्दा बढी ट्राभल व्यवसायीको सहभागिता रहने मार्टका संयोजक भविषकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “पर्यटन बोर्डको ३० लाख सहयोग र इटहरी उपमहानगरको छ लाख लागतमा कार्यक्रम हुने छ ।”

कार्यक्रमको अवधिमा प्रदेशमा रहेका विभिन्न पर्यटकीयस्थलको भ्रमण गराइने आयोजक संस्थाका कोषाध्यक्ष तेजबहादुर पुरीले बताए । उनका अनुसार स्थानीय सांस्कृतिक झाँकी, सांस्कृतिक प्रस्तुति र फुड्स स्टल मार्टको आकर्षणका रुपमा रहेका छन् । मार्टको उद्घाटनमा सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिने उनको भनाइ छ ।
इटहरी धरानरोड आँपगाछीस्थित सोल्टी वेस्टर्नको प्राङ्गणमा सञ्चालन हुने मार्टमा ३० वटा स्टल रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नेछन् । कार्यक्रमको समापन झापाको काँकरभिट्टामा रहेको होटल मेची क्राउनमा यही जेठ २७ गते हुने आयोजकले जनाएको छ ।

 

प्रकाशित समय : १३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु