गृहपृष्ठ कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले बुधबार एक सूचना जारी गरी संस्थापक सेयरधनीका नाममा रहेको १६ हजार ८ सय ३० कित्ता सेयर बिक्रीमा राखेको जनाएको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र काठमाडौं टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।
तोकिएको समयमा आवेदन नपरे उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
प्रकाशित समय : ०८:३५ बजे