global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नीति तथा कार्यक्रम माथि छलफल प्रारम्भ

नीति तथा कार्यक्रम माथि छलफल प्रारम्भ

नीति तथा कार्यक्रम माथि छलफल प्रारम्भ

कोशी प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ भएको छ ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३८(१) बमोजिम आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश प्रमुख परशुराम खापुङले सोमबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रमले समग्रमा प्रदेशलाई सुखी र समुन्नत बनाउन मद्दत गर्ने छलफलमा सहभागी प्रदेशसभा सदस्यहरुले बताएका छन् ।

कोशी प्रदेशको समृद्धिका लागि आवश्यक आधार तयार गरी ल्याएको नीति तथा कार्यक्रमले सिँचाइ, कृषि, पर्यटन, धार्मिकस्थल, पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण काम गर्ने उनिहरुको भनाइ थियो ।

प्रदेशसभा सदस्यहरु तिलकुमार मेन्याङ्बो, रेवतीरमण भण्डारी, जीवन आचार्य, उमाकान्त गौतम, खड्गबहादुर बस्नेत, मीना श्रेष्ठ, गीतादेवी रेग्मी, किशोरचन्द्र दुलाल, होमबहादुर थापा, गोम्बू शेर्पा, राजन किराँती र प्रेमराज थाम्साङलगायतले छलफलमा आफ्ना धारणा राखेका थिए ।

शून्य समयमा कोशी प्रदेशसभा सदस्य गीतारानी महतो, कमला दर्नाल, इस्राईल मन्सुरी, सबिना बजगाईं, डोल्मा तामाङ, गोपाल विश्वकर्मा, शोभा चेम्जोङ, तारादेवी ढकाल, रमेशकुमार बस्नेत र रामदेव यादवले मुलुकको समसायिक विषयमा धारणा राखेका थिए ।

 

प्रकाशित समय : १७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु