nmb bank

गृहपृष्ठ मोटरसाइकल चोरी गर्ने व्यक्ति पक्राउ

मोटरसाइकल चोरी गर्ने व्यक्ति पक्राउ

मोटरसाइकल चोरी गर्ने व्यक्ति पक्राउ

कास्कीको पोखरा महानगरपालिका-१४ सितलटोलस्थित पार्किङमा रोकी राखेको ग.१५ प ३१९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय सुवास तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङले नक्कली चावी प्रयोग गरी मोटरसाइकल चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरीले मोटरसाइकल डोर्‍याउँदै लगि रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित समय : १३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु