nmb bank

गृहपृष्ठ लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्षद्वारा शपथ

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्षद्वारा शपथ

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्षद्वारा शपथ

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा सरोज खनालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज मुख्यमन्त्री जोखबहादुर महराले शपथ गराएका हुन ।

शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले खनाललाई नियुक्ति गरेको थियो । खनालले यसअघि प्रदेश योजना आयोगको सदस्य भएर पनि काम गरेका हुन । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ निवासी खनालले गएको वर्ष भदौमा नियुक्त भएर चैतसम्म काम गरे । उनसँग यसअघि चक्रपानी खनाल सङ्घको कृषिमन्त्री हुँदा स्वकीय सचिव भएर काम गरेको अनुभव छभने सहकारी, शिक्षा, गैरसरकारी संस्थामा लामो समय काम गरेको अनुभव छ ।

सल्लाहकारमा आचार्य, अर्थविज्ञमा बैद्धिक

यस्तै प्रदेशका मुख्यमन्त्री महराको राजनीतिक सल्लाहकारमा दाङका निर्मल आचार्यलाई नियुक्त गरिएको छ । माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज समेत रहेका आचार्यलाई मुख्यमन्त्री महराको सचिवालयमा रहने गरी नियुक्त गरिएको हो । उनले राज्यमन्त्री सरहको सेवासुविधा पाउने छन् । आचार्यले आज पदभार ग्रहण गरेक छन् । अर्थ तथा विकासविज्ञमा तुलसीपुरका सुशान्त बैद्धिक नियुक्त भएका छन् ।

प्रकाशित समय : १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु