nmb bank

गृहपृष्ठ प्रहरीमा जागिर लगाई दिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

प्रहरीमा जागिर लगाई दिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

प्रहरीमा जागिर लगाई दिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मोरङको कटहरी गाउँपालिका–३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

पासवानले कटहरी गाउँपालिका– ५ का एक जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद लिई ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनी उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

 

 

प्रकाशित समय : २१:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु