nmb bank

गृहपृष्ठ नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु

नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु

नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु

नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा आज दुई जनाको मृत्यु भएको छ ।

बेलकोटगढी नगरपालिका-१० स्थित तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी-१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका-४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

उनका अनुसार डुबेर बेहोस भएका दुवैलाई उद्धार गरेर उपचारका लागि त्रिशूली अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । तादी खोलामा पौडी खेल्ने गएका छजना युवामध्ये उनीहरूलाई घुमाउने भन्ने स्थानबाट बगाएको थियो । अपराह्न २ बजेतिर डुबेको खबर पाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍याएको थियो । पछिल्लो समय गर्मी बढेसँगै नदी तथा खोलामा पौडी खेल्ने जानेक्रम बढेकाले सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ ।

प्रकाशित समय : १९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु