nmb bank

गृहपृष्ठ पर्सामा आइतबारदेखि पोलियोविरुद्धको खोप लगाइँदै

पर्सामा आइतबारदेखि पोलियोविरुद्धको खोप लगाइँदै

पर्सामा आइतबारदेखि पोलियोविरुद्धको खोप लगाइँदै

जिल्लामा आइतबारदेखि पहिलो चरणअन्तर्गत पोलियोविरुद्धको (आइपीभी) खोप अभियान सञ्चालन हुँदै छ ।

जिल्लास्तरीय खोप समन्वय समिति सचिवालयले तीन चरणमा गरी जिल्लाका ३१ हजार आठ सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने तयारी भएको जनाएको छ ।

आइपीभी खोपको विश्वव्यापी अभाव हुँदा विसं २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिका सो खोपबाट वञ्चित हुनुपरेको थियो । सो अवधिमा जन्मिएर खोप लगाउन छुटेका बालबालिकामा पोलियो लाग्ने जोखिम रहने भएकाले उनीहरूलाई लक्षित गरी अभियान देशव्यापीरुपमा अघि बढाउन लागिएको हो ।

जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण श्रेष्ठले २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएर आइपीभी खोप लगाउन वञ्चित रहेका बालबालिकालाई लक्षित गरेर अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

 

प्रकाशित समय : १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु