global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ माल्दिभ्सलाई चीनको पानी उपहार

माल्दिभ्सलाई चीनको पानी उपहार

माल्दिभ्सलाई चीनको पानी उपहार

चीनले माल्दिभ्सलाई तिब्बती हिमनदीहरूबाट १५ सय टन पानी उपहार दिएको छ । जुन दुई महिना भन्दा कम अवधिमा दोस्रो यस्तो दान हो ।

माल्दिभ्स चारैतिर समुन्द्रले घेरिएको छ तर त्यहाँ पिउने पानीको अभाव छ । यसैले माल्दिभ्सका लागि चीनको पानी उपहार विशेष मानिएको छ । माल्दिभ्स सरकारले यसका लागि चीन सरकारलाई धन्यवाद दिएको छ ।

यसअघि मार्च २७ मा चीनले १५ हजार टन पानीको पहिलो खेप माल्दिभ्स पठाएको थियो । यति मात्र होइन, चीनले माल्दिभ्समा मौसम अनुगमन प्रणालीलाई सुदृढ गर्न पनि सहयोग गरिरहेको छ । माल्दिभ्स जलवायु परिवर्तनको मारमा परेको छ र यसको कारण समुद्रको सतह द्रुत रूपमा बढिरहेको छ ।

 

प्रकाशित समय : ०८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु