nmb bank

गृहपृष्ठ पर्वतीय क्षेत्रका जलवायु मुद्दामा साझा बुझाई तय भएको छ : वनमन्त्री सुडी

पर्वतीय क्षेत्रका जलवायु मुद्दामा साझा बुझाई तय भएको छ : वनमन्त्री सुडी

पर्वतीय क्षेत्रका जलवायु मुद्दामा साझा बुझाई तय भएको छ : वनमन्त्री सुडी

वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जलवायु परिवर्तनले ल्याएका समस्याको दिगो रुपमा समाधान गर्दै जोखिम न्यूनीकरणका लागि साझा दृष्टिकोण तय भएको बताएको छ । बुधबारदेखि काठमाडौँमा सुरु भएको ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’को आज समापन गर्दै उनले यस्तो बताएको हो ।

“जलवायु परिवर्तनले ल्याएका समस्याहरुले पारिरहेका क्षतिसम्बन्धी प्रमाण स्पष्ट छ र जलवायु परिवर्तन टाढाको खतरा होइन तर वर्तमान वास्तविकता हो । यसले हाम्रो सामूहिक प्रयास र चाँडो प्रतिक्रिया हुनुपर्छ,” “पर्वतीय क्षेत्रहरु भौगोलिक एकाइ मात्र होइनन् तिनीहरू अत्यावश्यक पारिस्थितिकी तन्त्रहरू हुन् जलवायुले यस क्षेत्रमा पार्ने असरका कारण तल्लो तटिय क्षेत्रका समुदायसहित लाखौँ मानिसको जीविकोपार्जनलाई असर गर्छ ।”

पर्वतीय क्षेत्रमा जलवायु अनुकूलन कार्यको आवश्यकता रहेको र त्यहाँको समुदायमा पारेको असर न्यूनीकरणमा प्रथामिकता दिनुपर्नेमा जोड रहेको छ । नेपाल जस्ता पर्वतीय मुलुकहरुका लागि जलवायु ज्ञानको आदानप्रदानलगायत क्षमता अभिवृद्धि महत्वपूर्ण रहेको भनाइ छ । जलवायु न्यायको लागि वकालत गर्नुपर्ने नीतिहरूको प्रभावकारी कार्यन्वयन, सवलीकरण, जलवायु वित्त आवश्यक रहेकोमा मन्त्री सुडीले जलवायुको समस्या न्यूनीकरण गर्न सकेमा पर्वतीय क्षेत्रमा सम्भावित जोखिम कम गर्न सकिने बताएको छ । “जलवायु नीति कार्यन्वयनका लागि हामीलाई वित्तीय स्रोत अभाव रहेको छ, यदी प्रर्याप्त मात्रामा जलवायु वित्त भएन भने हाम्रा जलवायुका नीति तथा कार्यक्रम कार्यन्वयनमा बाधा पुग्नेछ,” “हामीले हिमाली तथा अन्य जलवायुको जोखिममा रहेका क्षेत्रमा परिरहेको प्रभावलाई सम्बोधन गर्न पर्याप्त जलवायु वित्त परिचालन गर्ने सन्दर्भमा काम गर्नुपर्छ ।”

प्रकाशित समय : २२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु