nmb bank

गृहपृष्ठ नेइमार अर्को सिजनको सुरुवातमा खेल्न नसक्ने!

नेइमार अर्को सिजनको सुरुवातमा खेल्न नसक्ने!

नेइमार अर्को सिजनको सुरुवातमा खेल्न नसक्ने!

साउदी लिग च्याम्पियन अल हिलालबाट खेलिरहेका ब्राजिलका नेइमारले अर्को सिजनको शुरुवात पनि गर्न नसक्ने भएका छन् ।

नेइमार एसीएल इन्जुरीका कारण २०२३ अक्टोबर देखि मैदान बाहिर रहेका छन् । उनी २०२३ को अगस्तमा पिएसजीबाट साउदी क्लब अल हिलाल गएका थिए ।

अब नेइमार अर्को सिजनको शुरुवातमा पनि अल हिलालबाट खेल शुरु गर्न नसक्ने प्रशिक्षक जर्ज जिससले जानकारी दिएका छन् । जिससले नेइमार सेप्टेम्बर-अक्टोबर भन्दा अगाडी मैदानमा आउन नसक्ने उनले बताए ।

इन्जुरीका कारणले नेइमारले आगामी कोपा अमेरिका समेत गुमाएका छन् । कोपा अमेरिकाको लागि छानिएको ब्राजिलको टिममा नेइमारलाई बाहिर राखिएको छ ।

नेइमारले अल हिलालका लागि केवल ५ खेल खेलेका छन् भने एक गोल गरेका छन् ।

 

प्रकाशित समय : ०९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु