nmb bank

गृहपृष्ठ सुनको भाउ बढ्यो तर आयात घटेन, एक महिनामै पाँच सय ५० किलो सुन नेपाल भित्रियो

सुनको भाउ बढ्यो तर आयात घटेन, एक महिनामै पाँच सय ५० किलो सुन नेपाल भित्रियो

सुनको भाउ बढ्यो तर आयात घटेन, एक महिनामै पाँच सय ५० किलो सुन नेपाल भित्रियो

चालू आर्थिक वर्ष ०८०/८१ को सुरुबाटै सुनको भाउ उकालो लागिरहँदा माग घटेर प्रतिमहिना औसत दुई सय किलोआसपास आयात भइरहेकोमा वैशाखमा भने ह्वात्तै पाँच सय ५० किलो आयात गर्नुपरेको संघले जनाएको छ ।

चैतमा भने माग नै नभएकाले बैंकहरूले सुन आयात गरेका थिएनन् ।वैशाख पहिलो साता (३ वैशाख)मा सुनको भाउमा नयाँ रेकर्ड कायम गर्दै प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो ।

वैशाख महिनामा सबैभन्दा बढी परिमाणमा सुन आयात भएको छ । नेपाल बैंकर्स संघका अनुसार वैशाखमा माग बढेका कारण पाँच सय ५० किलो सुन आयात भएको हो ।आयात भएमध्ये ४ जेठसम्म तीन सय ३७ किलो सुन बिक्री भई दुई सय १३ किलो विभिन्न बैंकमा मौज्दात रहेको संघले जनाएको छ । वैशाखमा सुनले सबैभन्दा बढी मूल्यमा कारोबार भएको रेकर्ड कायम गरिरहँदा मागसमेत बढ्नुलाई अस्वाभाविक रूपमा लिइएको छ ।
७ जेठमा भने वैशाख महिनाको रेकर्ड तोड्नै सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै बढी रकमको कारोबारसमेत हो ।मूल्य उच्च भएकै कारण तिज, दसैँ–तिहार र विवाहको सिजनमा समेत न्यून परिमाणमा खपत भएको सुन वैशाखमा उच्च माग हुँदा अचम्मित भएको संघका प्रमुख कार्यकारी अघिकृत (सिइओ) अनिल शर्माले न्युज कारोबारलाई बताए ।
एनले भने ‘पहिला मूल्य उच्च हुँदा बैंकहरूबाट नयाँ सुनको बिक्री करिब ठप्पजस्तै हुन्थ्यो । तर, यसपालि ठीक उल्टो अवस्था देखिएको छ,’ शर्माले भने, ‘यसपालि सुनको मूल्यले क्रमिक रूपमा नयाँ रेकर्ड राख्दा यसको बिक्री भने अचम्मै ढंगले बढेको छ ।’

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सर्वसाधारणले सुन किनेर मौज्दात राखेकाले सुन खरिद गरेको हुन सक्ने बताए । ‘अहिले सुनको मूल्य थप बढ्छ भनेर विश्वव्यापी रूपमै हल्ला छ । त्यसकै पछाडि लागेर विदेशमा रहेका नेपालीले आफ्नो घरका मान्छेलाई सुन किन्न सुझावसँगै पैसासमेत पठाउने गरेका छन् ।
बैंकर्स संघका अनुसार १८ चैत ०८० देखि ४ जेठ ०८१ सम्मको डेढ महिनामा चार सय ५५ किलो नयाँ सुन बिक्री भएको छ । अघिल्ला महिनाहरूमा मासिक औसत दुई सय ५० किलो सुन बैंकबाट बिक्री हुने गरेको थियो । तर, पछिल्लो डेढ महिनामा दोब्बर परिमाणले सुनको माग हुँदा बैंकहरू अचम्मित भएका छन् ।

 

प्रकाशित समय : १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु