nmb bank

गृहपृष्ठ तेस्रो सांग्रिला साइकल र्‍यालीको लागि रजिष्ट्रेशन खुल्ला

तेस्रो सांग्रिला साइकल र्‍यालीको लागि रजिष्ट्रेशन खुल्ला

तेस्रो सांग्रिला साइकल र्‍यालीको लागि रजिष्ट्रेशन खुल्ला
विश्व वातावरण दिवसका अवसरमा मिति २०८१-०२-१९ शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बैँक लि. ले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैँकर्स एशोसिएसन नेपाल, बि वाइ डी तथा अन्य संध संस्थाहरुसँगको सहकार्यमा साइकल र्‍याली आयोजना गर्न लागेको जानकारी गराएको छ । उक्त साइकल र्‍यालीमा सहभागी हुन चाहने इच्छुक महानुभावहरुले मिति २०८१ जेष्ठ १६ गते सम्मा यस https://www.shangrilabank.com/cyclerally/ मा निशुल्क दर्ता गरी आफ्नो सहभागिताको सुनिश्चितता गर्न अनुरोध गरेको छ् ।
उक्त साइकल र्‍याली मिति २०८१ जेष्ठ १९ गते बिहान ७ः०० बजे देखी सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगी समापन गरिने व्यवहोरा समेत जानकारी गराइन्छ ।
यस साइकल र्‍यालीमा सांग्रिला डेभलपमेन्ट बैँक लि ले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पुर्‍याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ “Save Fuel, Save Environment ” भन्ने नारा लिएर अगाडि बढेको यस किसिमका कार्यक्रमहरुलाई बैँकले निरन्तरता दिदै जाने जानकारी गराइन्छ ।
उक्त साइकल र्‍यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट र भाग्यमानी एक जना सहभागीहरुलाई साइकल  तथा अन्य बम्पर पुरस्कार प्रदान गरिने छ । विगत वर्षहरुमाझै यस वर्षको तेस्रो साइकल र्‍याली समेत भब्य रुपमा समापन हुने कुरामा बैंक विश्वस्थ रहेको जानकारी गराएको छ् ।

प्रकाशित समय : १३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु