nmb bank

गृहपृष्ठ अमेरिकी दुताबासले भन्यो-‘प्रेस स्वतन्त्रताका लागि नेपाल सरकार र जनताले सार्थक संवाद गर्नेछन् भन्ने आशा छ’

अमेरिकी दुताबासले भन्यो-‘प्रेस स्वतन्त्रताका लागि नेपाल सरकार र जनताले सार्थक संवाद गर्नेछन् भन्ने आशा छ’

अमेरिकी दुताबासले भन्यो-‘प्रेस स्वतन्त्रताका लागि नेपाल सरकार र जनताले सार्थक संवाद गर्नेछन् भन्ने आशा छ’

नेपालस्थित अमेरिकी दूतावासले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद गर्ने आशा राखेको बताएको छ ।

बुधबार बिहान सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै अमेरिकी दूतावासले अझ परिपूर्ण मुलुकु बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू भएको बताएको हो ।

अमेरिकी दूतावासले भनेको छ, “अझ परिपूर्ण मुलुक” बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन् । कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।

 

प्रकाशित समय : १२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु