nmb bank

गृहपृष्ठ इजरायली प्रधानमन्त्री नेतन्याहुको संकट बढ्दै, युद्ध क्याबिनेटमा विद्रोहको चेतावनी

इजरायली प्रधानमन्त्री नेतन्याहुको संकट बढ्दै, युद्ध क्याबिनेटमा विद्रोहको चेतावनी

इजरायली प्रधानमन्त्री नेतन्याहुको संकट बढ्दै, युद्ध क्याबिनेटमा विद्रोहको चेतावनी BERLIN, GERMANY - MARCH 16: Israeli Prime Minister Benjamin Netanyahu and German Chancellor Olaf Scholz (not pictured) speak to the media following talks at the Chancellery on March 16, 2023 in Berlin, Germany. Netanyahu's one-day visit to Berlin is being accompanied by protests, including both by people angry over Israel’s policies towards Palestinians as well as those critical of possible new legislation in Israel supported by Netanyahu that would undermine the independence and the power of Israel's Supreme Court, effectively curtailing democracy in Israel. (Photo by Sean Gallup/Getty Images)

इजरायलका युद्ध क्याबिनेट मन्त्री बेन्नी गान्ट्जले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धपछि गाजाका लागि नयाँ योजना नबनाए आफूले क्याबिनेटबाट राजीनामा दिने धम्की दिएका छन् ।

गान्ट्जले प्रधानमन्त्रीसँग यसका लागि जुन ८ सम्मको समयसीमा रहेको चेतावनी दिदै कट्टरपन्थीको बाटो रोजेमा मन्त्रिपरिषदले विद्रोह गर्ने बताएका हुन् ।

गान्ट्जले भने, अक्टोबर ७ मा हमासको हमलापछि सुरु भएको युद्धले आफ्नो उद्देश्य गुमाउँदैछ। इजरायली सेनाले रणभूमिमा आफ्नो शक्ति देखाउँदै छ, तर उनीहरूलाई पठाउने केही मानिसहरू कायर बनेका छन् र आफ्नो जिम्मेवारीबाट पन्छिएका छन् ।ु

इजरायली बन्धकहरू हमासको सुरुङमा नरकजस्तो वातावरणमा बाँचिरहेका छन् तर केही राजनीतिज्ञहरू आफ्नो बारेमा मात्रै सोचिरहेको उनले बताए ।

टाइम्स अफ इजरायलका अनुसार गान्ट्जले युद्धको सन्दर्भमा ६ बुँदे योजना पनि बनाएको छ । यसले बन्धकहरूलाई घर फर्काउने, हमासको शक्ति समाप्त गर्ने र गाजा पट्टीबाट सेना हटाउने बारे कुरा गर्छ। यसबाहेक अमेरिका, युरोप, अरब र प्यालेस्टिनी प्राधिकरणको सहयोगमा गाजामा नयाँ प्रशासन सुरु गर्ने पनि उल्लेख छ ।

प्रकाशित समय : १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु