nmb bank

गृहपृष्ठ सफा हिमाल अभियानमा भेटायो दुई मानव अस्थिपञ्जर

सफा हिमाल अभियानमा भेटायो दुई मानव अस्थिपञ्जर

सफा हिमाल अभियानमा भेटायो दुई मानव अस्थिपञ्जर

नेपाली सेनाको अगुवाइमा सञ्चालन भई रहेको सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथाको चौथो क्याम्प बाट १(एक) वटा तथा ल्होत्से हिमालको शिखर नजिकबाट १ ९एक० वटा गरी जम्मा २ (दुई) वटा मानव शव तथा लोलापास फेदी इलाकाबाट मानव अस्थिपञ्जरहरू सङ्कलन गरी ल्याएको छ ।

नेपाली सेनाले हवाई साधनमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज ल्याई फरेन्सिक ल्याबमा थप प्रक्रियाको लागि बुझाएको जनाएको छ ।

त्यसैगरी सोही अभियानको दौरान हालसम्म ८ हजार ६ सय २० के।जी। फोहोर सङ्कलन गरी त्यसमध्ये २५० के.जी. कुहिने फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।

यस वर्षको सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहोर तथा ५ वटा मानव शव सङ्कलन तथा व्यवस्थापन गर्ने योजना रहेको छ ।

प्रकाशित समय : २०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु