nmb bank

गृहपृष्ठ सभामुख एमालेको निर्देशनमा चलेको काँग्रेसको आरोप

सभामुख एमालेको निर्देशनमा चलेको काँग्रेसको आरोप

सभामुख एमालेको निर्देशनमा चलेको काँग्रेसको आरोप

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सभामुख देवराज घिमिरेले पार्टीको निर्देशनमा अघि बढेको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको बैठकमा काँग्रेस र एमालेका सांसदहरुबीच धकेलाकेलको स्थितिपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सभामुखले संसदीय अभ्यासविपरित कार्य गरेको बताए ।

उनले भने, ‘तलबाट नेताहरुले अगाडि बढा भन्ने माथि सभामुखले अगाडि बढाउने, विपक्षी दल वेलमा निस्किएको छ, अन्य दलका नेताहरू पनि आफ्नो सिटबाट उठिरहेका छन् । त्यसका बाबजुद उहाँले सभा सञ्चालन गर्न थाल्नुभयो त्यो चाहिँ हाम्रो संसदीय इतिहासमा अनौठो कुरा हो । यो संसदीय विधिको बर्खिलाप त्यसको रक्षा गर्न बसेको सभामुखले पार्टी नेतृत्वको निर्देशनमा पुग्नु दुर्भाग्यपूर्ण हो ।’

उनले काँग्रेस संसदीय मर्यादामा बस्ने पार्टी भएकाले कसैले कसैलाई दुर्व्यवहार नगरेको दाबी गरे ।

प्रकाशित समय : १९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु