nmb bank

गृहपृष्ठ सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट खारेज

सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट खारेज

सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट खारेज

सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिविरुद्ध नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

बिहीबार न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, कुमार चुँडाल र सुनिलकुमार पोखरेलको इजलासले मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीको रिट खारेज गरेको हो ।

सर्वोच्च अदालतका अनुसार रिट खारेज गर्ने र निर्देशनात्मक आदेश जारी हुने फैसला गरेको हो । लिखित रूप नआएकाले फैसलाको विस्तृत विवरण नखुलेको बताएको छ ।

यो फैसलासँगै मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिमा उठेको संवैधानिक तथा कानुनी प्रश्न अन्त्य भएको छ ।

प्रकाशित समय : १८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु