nmb bank

गृहपृष्ठ दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते

मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मकवानपुरको बागमती गाउँपालिका–४ सादेपुलस्थित धरान–चतरा सडकखण्डमा गए राति ना६६प ९३०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा उपमहानरपालिका–१३ का ४५ वर्षीय केशवप्रसाद मुडवरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मुडवरीको हेटौँडा अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् ।

घटनास्थलबाट तीन किलोमिटर उत्तर भोर्लेनीबाट काभ्रेको तालढुङ्गा जाने भित्री सडकमा ना७त २२५९ नम्बरको रड लोड गरी रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोकिएर दुर्घटना भएको आशङ्का गरिएको उनले बताइन् । घटनाबारे थप अनुसन्धानका लागि ट्रयाक्टर नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताइन ।

त्यस्तै, हेटौँडा–५ बाँनिया टोलस्थित सडकमा गत वैशाख २७ गते भएको सवारी दुर्घटनामा परी घाइते चालकको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका हेटौँडा–५ शान्तिनगर निवासी ५२ वर्षीय लालबहादुर वाइबाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा हिजो मृत्यु भएको प्रहरीले जनाएको छ । बाप्र०३–००१ त ३१८ नम्बरको ट्रयाक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुदाँ ट्रयाक्टर चालक वाइबा घाइते भएका थिए ।

फर्पिङ्ग–कुलेखानी सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खमा आज भ्यान दुर्घटना हुँदा चालकसहित चारजना घाइते भएका छन् ।

काठमाडौँबाट मार्खुतर्फ आउँदै गरेको बा६च १२४ नम्बरको भ्यान आफैँ अनियन्त्रित भई सडकबाट करिब २० फिट तल खेतमा खस्दा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताइन् । उनका अनुसार घाइते सबैलाई उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ ।

प्रकाशित समय : १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु