nmb bank

गृहपृष्ठ तार भूमिगत गरिएका स्थानबाट बिजुली पोल हटाउँदै प्राधिकरण, इन्टरनेटको तार हटाउन निर्देशन

तार भूमिगत गरिएका स्थानबाट बिजुली पोल हटाउँदै प्राधिकरण, इन्टरनेटको तार हटाउन निर्देशन

तार भूमिगत गरिएका स्थानबाट बिजुली पोल हटाउँदै प्राधिकरण, इन्टरनेटको तार हटाउन निर्देशन

नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माणाधीन भूमिगत विद्युत वितरण प्रणालीमध्ये निर्माण पूरा भएका स्थानमा रहेका पोलहरू हटाउने भएको छ ।

प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै भूमिगत विद्युत प्रणाली योजना पूरा भइसकेका उल्लेखित ठाउँका बिजुली पोलमा जडान भएका सडक बत्ती, अप्टिकल फाइबर, इन्टरनेट केबल, सीसीक्यामेरालगायत संरचना र उपकरण ६ महिनाभित्र अनिवार्य रूपमा हटाई वैकल्पिक व्यवस्था गर्नु सरोकारवालालाई निर्देशन दिएको छ ।

पेप्सीकोला, जडीबुटी, लैनचौर, नारायणगोपाल चोक, चुच्चेपाटी, कलंकी, त्रिपुरेश्वर, कालीमाटी, बल्खु, कीर्तिपुर, सामाखुसी टाउन प्लानिङलगायतका स्थानमा भूमिगत वितरण प्रणाली परीक्षण गरी केही दिन भित्रमा नै सञ्चालनमा ल्याइने भएको र उल्लिखित क्षेत्रको ओभरहेड वितरण लाइन तथा विद्युतका पोलहरू क्रमैसँग हटाइने प्राधिकरणले जानकारी दिएको छ ।

‘संरचना एवं उपकरणहरु नहटाएमा प्राधिकरणले पोललगायतका ओभरहेड संरचना हटाउँदा हुने क्षतिप्रति नेपाल विद्युत प्राधिकरण जिम्मेवारी नहुने व्यहोरोसमेत जानकारी गराइन्छ’, प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

 

प्रकाशित समय : १०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु