nmb bank

गृहपृष्ठ आज मदन–आश्रित स्मृति दिवस, दासढुंगामा स्मृति सभा

आज मदन–आश्रित स्मृति दिवस, दासढुंगामा स्मृति सभा

आज मदन–आश्रित स्मृति दिवस, दासढुंगामा स्मृति सभा

आज मदन–आश्रित स्मृति दिवस, दासढुंगामा स्मृति सभा

आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

मदन-आश्रित स्मृति दिवस, नेकपा एमालेसहितका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमहरु गरी स्मरण गर्दैछन्। नेकपा एमाले चितवनले आज भण्डारी र आश्रितकाे दुर्घटना भएकाे ठाउँ चितवनकाे दासढुंगामा स्मृति सभाकाे आयाेजना गरेकाे छ ।

 

दासढुंगामा मदन आश्रित स्मृति पार्क बनाइएकाे छ ।

तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो। सोही दिनको स्मरणमा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ। मदन–आश्रितको सम्झनामा नेकपा एमालेले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ।

२०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो।

 

 

 

प्रकाशित समय : १०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु