nmb bank

गृहपृष्ठ कार्यान्वयन हुने गरी १६औँ योजना तय भएको छः उपाध्यक्ष श्रेष्ठ

कार्यान्वयन हुने गरी १६औँ योजना तय भएको छः उपाध्यक्ष श्रेष्ठ

कार्यान्वयन हुने गरी १६औँ योजना तय भएको छः उपाध्यक्ष श्रेष्ठ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले कार्यान्वयन सुनिश्चित हुने गरी १६औँ आवधिक योजना तय भएको बताएको छ । आज योजना आयोगको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा १६औँ योजनामा आधारित भएर आगामी वर्षको नीति तथा कार्यक्रम बनेको समेत स्पष्ट पारे ।

उपाध्यक्ष श्रेष्ठले आगामी आवको बजेट पनि योजनाका लक्ष्य कार्यान्वयन हुने गरी बिनियोजन हुने बताए । “१५औँ योजनाका लक्ष्य महत्वाकाङ्क्षी रहेकाले पूरा हुन सकेनन्, तर १६औँ योजनाका लक्ष्य महत्वाकाङ्क्षी छैनन्, कार्यान्वयन सम्भव छ”, “१५औँ योजनाभन्दा १६औँ योजना आकारमा आधा सानो भएको छ ।”

सोह्रौँ योजनामा उत्पादन, रोजगारी र उपभोगलाई जोड दिइएको छ ।  विगतमा आर्थिक र समाजिक पक्षमा मात्रै जोड दिएर पञ्चवर्षिय योजना बन्ने गरेको भए पनि अहिले भने वातावरण र पर्यावरणको विकासमा पनि जोड दिएको श्रेष्ठको भनाइ छ । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर सात दशमलव तीन प्रतिशत पु¥याउने लक्ष्यका साथ योजना निर्माण गरिएको बताए ।

सोह्रौँ योजना कार्यान्वयन गर्नका लागि एक सय ११ खर्ब बजेट आवश्यक हुने अनुमान गरिएको छ । उपाध्यक्ष श्रेष्ठले लगानी जुटाउनका लागि कुनै पनि चुनौती नरहेको स्पष्ट पारेको छ । मुलुकको समृद्धि हासिल गर्नका लागि सुशासन जरुरी रहेको उल्लेख गर्दै दाहोरो कर प्रणाली विकराल समस्या रहेको बताए ।

‘सुशासन, सामाजिक न्याय र समृद्धि’ सोचका साथ सोह्रौ योजना तर्जुमा भएको भनाइ थियो । राजनीतिक, प्रशासनिक, न्यायीक, निजी तथा गैरसरकारी क्षेत्रमा सुशासन कायम गर्नु, स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहमा सामाजिक न्याय स्थापित गर्नु, मानवीय जीवन र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्ने लक्ष्य सोह्रौँ योजनाले तय गरेको बताए ।

प्रकाशित समय : २३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु