nmb bank

गृहपृष्ठ त्रिवि सेवा आयोगको सदस्यमा अजय भट्टराई नियुक्त

त्रिवि सेवा आयोगको सदस्यमा अजय भट्टराई नियुक्त

त्रिवि सेवा आयोगको सदस्यमा अजय भट्टराई नियुक्त

त्रिभुवन विश्वविद्यालय, सेवा आयोगको सदस्यमा प्रा। डा। अजय भट्टराई नियुक्त भएका छन् ।

शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा बनेको समितिले सिफारिस गरेअनुसार कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भट्टराईलाई नियुक्त गरेका हुन् ।

नियुक्तिपछि भट्टराईले बुधबार नै पदबहाली समेत गरिसकेका छन् । त्रिवि सेवा आयोगको सदस्य पद गत मंसिरदेखि रिक्त थियो ।

भट्टराई महेन्द्र मोरङ क्याम्पस, विराटनगरको रसायन विज्ञान विभागका विभागीय प्रमुख समेत हुन् ।

प्रकाशित समय : १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु