nmb bank

गृहपृष्ठ क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ ९क्यान०ले आईसीसी टी(२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाई दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो ।

आईसीसीको नियम अनुसार विश्वकपमा २५ मे सम्म कुनैपनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छन् । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ ।
नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने छन् ।

प्रकाशित समय : १८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु