nmb bank

गृहपृष्ठ अमेरिकाले इजरायललाई फेरी हतियार पठाउने तयारी

अमेरिकाले इजरायललाई फेरी हतियार पठाउने तयारी

अमेरिकाले इजरायललाई फेरी हतियार पठाउने तयारी

अमेरिकाले इजरायललाई एक अर्ब डलर बराबरको हतियार पठाउने तयारी भइरहेको छ । ह्वाइट हाउसले कांग्रेसलाई इजरायललाई एक अर्ब डलरभन्दा बढीको हतियार पठाउन चाहेको बताएको अमेरिकी मिडियाले उल्लेख गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो प्याकेजमा ट्याङ्क, मोर्टार र बख्तरबंद सवारीसाधन समावेश हुनेछन् । तर यो योजना अमेरिकी कांग्रेसबाट पारित हुन आवश्यक छ ।

गत हप्ता मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाको रफाहमा इजरायलले आफ्नो सैन्य कारबाही जारी राखेमा इजरायललाई हतियारको आपूर्ति बन्द गरिने बताएका थिए ।

यस अघि बाइडेनले गत हप्ता इजरायलमा ९०० किलोग्राम बमको ढुवानी पठाउन रोकेका थिए । उनले यी बम इजरायलले गाजामा प्रयोग गर्ने आशंका भएपछि रोकिएको उनले बताए ।

प्रकाशित समय : १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु