nmb bank

गृहपृष्ठ सन्दीपको मुद्दामा अन्तिम सुनवाइ जारी, उच्च अदालतबाहिर सुरक्षा व्यवस्था कडा

सन्दीपको मुद्दामा अन्तिम सुनवाइ जारी, उच्च अदालतबाहिर सुरक्षा व्यवस्था कडा

सन्दीपको मुद्दामा अन्तिम सुनवाइ जारी, उच्च अदालतबाहिर सुरक्षा व्यवस्था कडा

सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनवाइ भइरहँदा पाटन उच्च अदालतबाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सन्दीपका समर्थक मात्र होइन, पत्रकारलाई समेत गेटभित्र छिर्न दिइएको छैन । हिजो हेर्दाहेर्दैमा परेको मुद्दाको सुनवाइ आज बिहान ११ बजेबाट उच्चमा सुरु भएको हो । आजै मुद्दाको फैसला सुनाउने तयारी छ ।

फैसलापछिको सुरक्षा संवेदनशीलता उत्पन्न हुने भन्दै कडाइ गरिएको हो । उच्च अदालतका रजिस्टार तथा प्रवक्ता विमल पराजुलीले मिडियालाई पनि छिर्न नदिने बताएका छन् ।

उच्च अदालतको गेटदेखि हरिहर भवनसम्म बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित छन् ।

प्रकाशित समय : १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु