nmb bank

गृहपृष्ठ अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा

अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा

अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा

सुनसरी जिल्लाको कोशी गाउँपालिका-८ स्थित तिनकुने सीमा ईलाकाबाट बैशाख २९ गते सांझ अबैध रुपमा ल्याइएको मकै, गहुँ र चिनीसहित एउटा ट्रक नियन्त्रणमा लिइएको छ ।

प्रस्तावित सिमा सुरक्षा गुल्म हरिपुरले बीआर ५० जी ९०५७ नम्बरको ट्रकलाई चेकजांच गर्ने क्रममा १८ वटा बोरामा रहेको ९ सय ९० के।जी। मकै, ९५ वटा बोरामा रहेको ५ हजार २ सय ७९ के.जी. गहुँ र ५ सय ९५ वटा बोरामा रहेको २९ हजार ७ सय ५० के।जी चिनी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

प्रकाशित समय : १३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु