nmb bank

गृहपृष्ठ सन्दीपको मुद्दामा सुनवाइ सुचारु, दुवै पक्षलाई न्यायाधीशले तोके डेढ–डेढ घण्टा

सन्दीपको मुद्दामा सुनवाइ सुचारु, दुवै पक्षलाई न्यायाधीशले तोके डेढ–डेढ घण्टा

सन्दीपको मुद्दामा सुनवाइ सुचारु, दुवै पक्षलाई न्यायाधीशले तोके डेढ–डेढ घण्टा

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आजको सुनवाइ सुरु भएको छ । हिजो दिनभरि दुवै पक्षका वकिलले बहस गरेपछि मुद्दा हेर्दाहेर्दैमा गएको थियो ।

आज फैसला सुनाउने गरी न्यायाधीशले दुवै पक्षलाई समय निर्धारण गरिदिएका छन् । स्रोतका अनुसार गौशाला २६ का वकिलहरूलाई जवाफी बहसका लागि डेढ घण्टा समय दिइएको छ । सन्दीपका वकिलहरूलाई एक घण्टा दिइएको भए पनि उनीहरूले डेढ घण्टाकै माग गरेका छन् ।

 

अदालतमा दुवै पक्षबाट पुनरावेदन परेको हुँदा दुवैका वकिलले जवाफी बहस गर्न पाउँछन् । जवाफी बहस सकिएपछि न्यायाधीशले फैसला गर्नेछन् । आज अपराह्नसम्ममा फैसला आइसक्ने अपेक्षा छ ।

यो मुद्दा उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनराज भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा छ ।

 

 

 

प्रकाशित समय : १२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु