global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ लखनउमाथि दिल्ली १९ रनले विजयी

लखनउमाथि दिल्ली १९ रनले विजयी

लखनउमाथि दिल्ली १९ रनले विजयी

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले लखनउलाई १९ रनले पराजित गरेको हो ।

दिल्लीले दिएको २०९ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ९ विकेट गुमाउदै १८८ रन मात्र बनाएको थियो । यस अघि दिल्लीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो ।

योसँगै दिल्लीले यस सिजनका लिग चरणका सबै १४ खेल खेलेको छ । दिल्ली १४ खेलमा १४ अंकसहित अंकतालिकामा पाँचौं स्थानमा रहेको छ । प्लेअफको सम्भावना भने अब अन्य टिमको नतिजामा भर पर्ने छ । अहिलेसम्मको अंक तालिका अनुसार दिल्ली प्लेअफबाट बाहिर रहेको छ ।

त्यसैगरी लखनउको यो हारपछि प्लेअफको सम्भावना कठिन बनेको छ । लखनउको १३ खेलमा १२ अंक रहेको छ । लखनउले अब अन्तिम खेल आगामी शुक्रबार मुम्बई इण्डियन्ससँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित समय : ०७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु