nmb bank

गृहपृष्ठ नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

भुक्तानीमा विश्वव्यापी अग्रणी संस्थाले, सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजरको रूपमा नियुक्त गरेको छ ।  बैंकिङ र भुक्तानीमा २७ वर्षभन्दा बढी अनुभव भएको सब्बीरले अब ढाका अफिसमा रहेको टोलीसँग तीन देशमा भिजाका लागि बजार सञ्चालनको नेतृत्व गर्नेछन् ।

सब्बीर अहमदको नियुक्तिसँगै, भिजाले बंगलादेश र भुटानसँगै नेपालको बजारमा आफ्नो नेतृत्व तथा प्रतिबद्धता दोहो‍¥याएको छ । नेपालका लागि बढ्दो गतिमा डिजिटल भुक्तानी अपनाउने क्रममा परिष्कृत भुक्तानी समाधानहरू प्रस्तुत गर्नमा भिजाले निरन्तर ध्यान केन्द्रित गरेको छ । भिजाले देशमा कन्ट्याक्टलेस भुक्तानी सुरु गर्न महत्वपूर्ण भूमिका खेलेको छ, यसले उपभोक्ताहरूलाई आफ्नो भिजा कार्ड मार्फत अनलाइन किनमेल गर्न वा त्तच् कोड स्क्यान गर्न र भिजा कार्ड मार्फत भुक्तानी गर्न सहज बनाएको छ । भिजाले सब्बीरको बजार नेतृत्वमा दक्षिण एसियाभरि डिजिटल भुक्तानी परिदृश्यमा आफ्नो वृद्धिलाई गति दिने लक्ष्य राखेको छ ।

सब्बीरले आफ्नो खुशी व्यक्त गर्दै उनले भने, विश्वभर तथा नेपालमा डिजिटल भुक्तानीमा अग्रपंक्तिमा रहेको ब्राण्ड भिजामा सामेल हुन पाउँदा उत्साहित छु । ग्राहक, नियामक र नेपालको बृहत्तर इकोसिस्टमसँग साझेदारी गर्न महत्त्वपूर्ण भूमिका खेल्न तत्पर छु ।

बंगलादेश र भुटानका  डिजिटल भुक्तानीमा  महत्त्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेका उपभोक्ताहरू र व्यवसायहरूका लागि नवीनतम डिजिटल-पहिलो भुक्तानी समाधान ल्याउन सक्छौं, जसले नेपाल र छेउछाउका बजारहरूमा डिजिटल भुक्तानीको वृद्धि ल्याउन सक्छ उनले भने 

भिजा इन्डिया र दक्षिण एसियाका ग्रुप कन्ट्री म्यानेजर सन्दीप घोषले  नेपाल, बंगलादेश र भुटानका लागि सब्बीर अहमदलाई कन्ट्री म्यानेजरको रूपमा स्वागत गर्न पाउँदा खुसी भएको बताए । विविध बैंकिङ अनुभव र गहिरो बजार सम्बन्धले नेतृत्वलाई बलियो बनाउने, व्यावसायिक उद्देश्य अघि बढाउने र भिजाको लागि दिगो विकासलाई प्रोत्साहन गर्नेछ ।”

नेपालमा भिजाको व्यावसायिक प्राथमिकताहरू प्रवर्धन गर्न जिम्मेवार हुनेछन् । उनी र टोलीले ग्राहक, साझेदार, नियामक र इकोसिस्टम सहभागीहरूसँग भिजाको सम्बन्ध व्यवस्थापन गर्नेछन् । उनी भारत र दक्षिण एसियाका लागि भिजा नेतृत्व टोलीको हिस्सा पनि हुनेछन् ।

सब्बीर अहमद स्ट्यान्डर्ड चार्टर्ड बैंक, बंगलादेशबाट भिजामा सामेल भएका थिए, जहाँ उनले वेल्थ एण्ड रिटेल बैंकिङको प्रबन्ध निर्देशक र प्रमुखको रूपमा सेवा गरे । यसअघि, उनले बंगलादेश र भियतनाममा ज्क्द्यऋ मा वरिष्ठ नेतृत्व पदहरू सम्हालेका थिए र ब्रिटिश अमेरिकन टोबाको लागि काम गरेका थिए । सब्बीरले बैंकिङ तथा वित्तीय सेवा क्षेत्रमा स्थानीय र अन्तर्राष्ट्रिय बजारहरूबाट व्यापक विशेषज्ञता ल्याउँछन् ।

प्रकाशित समय : २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु